पोप फ्रान्सिस मङ्गोलिया भ्रमणमा « Khabarhub

पोप फ्रान्सिस मङ्गोलिया भ्रमणमा


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

उलानबटार– पोप फ्रान्सिस चीन र रुसबीचको भूपरिवेष्टित विशाल एसियाली राष्ट्रको भ्रमणमा शुक्रबार मङ्गोलियाको राजधानी उलानबटार आइपुगेका छन्  ।

 बौद्धमार्गीको बाहुल्य रहेको मङ्गोलियाको यो उनको पहिलो औपचारिक भ्रमण हो । छयासी वर्षीय पोपको चारदिने मङ्गोलिया भ्रमण यो देशमा रहेका करिब एक हजार चार सय क्याथोलिक समुदायका लागि समर्थन जुटाउन अधिकतम उपयोग हुने बताइएको छ । 

अर्जेन्टिनाका नागरिक पोप बिहीबार रोमबाट मङ्गोलियाको राजधानी उलानबाटारको लागि प्रस्थान गरेका थिए । नौ घण्टाको विमान यात्रा पूरा गरेपछि उलानबटार विमानस्थलमा अवतरण गरेका उनलाई विदेशमन्त्री बाटमुन्ख बत्तसेसेगले स्वागत गरेका थिए ।

विमान उडेको केही बेरमा आफूसँगै रहेका पत्रकारहरूसँग मङ्गोलियाको विशाल भूभाग तर कम जनसङ्ख्या भएको देशबारे अनुमान गर्न सकिने बताउँदै कूटनीति भने  गाह्रो कर्म भएको उल्लेख गरे । कहिलेकाँही कूटनीतिमा हास्यको भावना पनि चाहिने उनले बताए । 

चिनियाँ हवाई क्षेत्र पार गरेर मङ्गोलिया आएका पोपले चिनियाँ राष्ट्रपति सी चीनफिङलाई टेलिग्राम सन्देश पठाएर अभिवादनसहित उनीप्रति शुभकामना व्यक्त गरेका छन् । चीनको हित, शान्ति र एकताका लागि ईश्वरीय आशीर्वादको प्रार्थना गरेको उल्लेख गरेका छन् ।

गत सेप्टेम्बरमा कजाकिस्तानको भ्रमणपछि पोप फ्रान्सिसको यस क्षेत्रमा  भएको यो दोस्रो भ्रमणको भूराजनीतिक एवम् रणनीतिक महत्व छ । यो भ्रमणलाई मङ्गोलियाको कमजोर लोकतन्त्रलाई सुदृढ तुल्याउन प्रोत्साहन गर्ने र गिर्जाघरलाई देशका विभिन्न भागमा सहज प्रवेश गर्न सघाउने विश्वास गरिएको छ ।  

मध्य एसियाप्रतिको होली सी दृष्टिकोण तथा रूस र चीनसँगको सहकार्यलाई निरन्तरता दिने नीतिका रुपमा बुझ्न क्याथोलिक धर्मका विद्वान् मिशेल च्याम्बोनले एएफपीलाई बताएका छन् ।  

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ३ : ५८ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण