पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए | Khabarhub Khabarhub

पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गण्डकी– ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा गरिएको छ हप्ते तालिमबाट पोखरामा दुई सय ९२ जना  पथप्रदर्शक थपिएका छन् ।

पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको तालिममा आवश्यक मापदण्ड पूरा गरी अन्तवार्तामार्फत छनोट भएका दुई सय ९८ जना सहभागी भएकामा परीक्षा उत्तीर्ण गरी दुई सय ९२ जनाले प्रमाणपत्र प्राप्त गरेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए।

सन् १९९८ देखि टान गण्डकीले विभिन्न समयमा गरी करिब एक हजार नौ सयलाई तालिम प्रदान गरिसकेको उनले बताए। देशको राजनीतिक उथलपुथल, प्राकृतिक प्रकोपसँगै कोरोना महामारीलगायतका कारण पदयात्रा पर्यटन क्षेत्रका मजदुर पलायन हुँदै गएका अवस्थामा गरिएको तालिम र थपिएका पदयात्रा पथप्रदर्शकबाट पोखरालाई आधार बनाएर गरिने पदयात्रासँगै समग्र नेपालको पदयात्रामा महत्त्वपूर्ण सहयोग पुुने विश्वास लिइएको उनले बताए।

पोखरा आसपासका क्षेत्रमा विश्वकै १० उत्कृष्टमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, धवलागिरि चक्रीय पदमार्ग, सहस्राब्दी (मिलेनियम) पदमार्ग, पुनहिललगायतमा पछिल्लो समयमा पदयात्रा पर्यटनतर्फ आकर्षण बढिरहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : १५ बजे

औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या

राँझा– बाँकेको बैजनाथ गाउँपालिकास्थित वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अटोक्लेभ (औषधिजन्य

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री

युएई– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लुम्बिनी– रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको

गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको

टिकट चोरीको घटनामा थप एक जना पक्राउ

काठमाडौँ– जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर