हिरासत कक्षमा पुस्तकालय स्थापना « Khabarhub

हिरासत कक्षमा पुस्तकालय स्थापना


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बेनी– जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । सामाजिक र मानवीय सेवाको क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना गर्न सहयोग गरेको हो । 

पुस्तकालयको लायन्स क्लब अफ ३२५ ‘बी’ आई नेपालका रिजन पर्सन अर्जुन पौडेलले प्रहरी नायब उपरीक्षक मदन कुँवरलाई पाँच सय थानभन्दा बढी पुस्तक हस्तान्तरण गरेका थिए । पुस्तकालयमा नेपालका प्रसिद्ध लेखकका साहित्यिक पुस्तकसँगै विभिन्न विधाका पुस्तक रहेका छन् । प्रहरी नायब उपरीक्षक कुँवरले पुस्तकालयले प्रहरी र थुनुवाको दैनिकीलाई समेत सघाउने र  आचरण तथा व्यवहार परिवर्तन गर्न सहयोग पुर्‍याउने बताए ।

हिरासत कक्षमा रहेका थुनुवा, प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानका साथै थुनुवालाई भेट्न आउनेलाई समेत लक्षित गरी पुस्तकालय स्थापना गरिएको लायन्स क्लब अफ बेनी लभ्लीहिलका अध्यक्ष नेत्रराज सुवेदीले जानकारी दिए । 

पुस्तकालय स्थापना कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रियका रिजन पर्सन अर्जुन पौडेल, एवजी खम थापा, लायन्स क्लब अफ दोभानकी अध्यक्ष जमुना केसीले हिरासतमा रहेका व्यक्तिलाई पुस्तकालयको प्रयोगमा प्रोत्साहन गर्न सकेमा पठन संस्कृतिमा परिवर्तन ल्याउन सकिने र सकारात्मक सोचको विकास गराउन सकिनेमा जोड दिए ।

यसैबीच हिरासत कक्षमा स्थापना गरिएको पुस्तकालयमा लायन्स क्लब अफ बेनी लभ्लीहिलका संस्थापक अध्यक्ष  पौडेलले आफ्नो जन्मदिनको अवसरमा विभिन्न पुस्तक हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै