ओखलढुङ्गाका जिसस प्रमुख खनालको निधन | Khabarhub Khabarhub

ओखलढुङ्गाका जिसस प्रमुख खनालको निधन


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– जिल्ला समन्वय समिति (जिसस) ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनालको ७३ वर्षको उमेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा गए राति निधन भएको छ । उनी आमासयको ‘क्यान्सर’बाट पीडित थिए । 

उनी २०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका–३ को वडा सदस्य निर्वाचित भएपछि जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका थिए। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्वउपसभापति, पूर्वमहासमिति सदस्यसमेत रहेका खनाल जिल्लामा कांग्रेसका अभिभावक नेता मानिन्थे ।

कांग्रेसका नेता खनालको निधनले पार्टी र सिङ्गो ओखलढुङ्गा जिल्लालाई अपुरणीय क्षति पुर्‍याएको कांग्रेस नेता एवं सांसद नेता रामहरि खतिवडाले बताए। खनालका दुई छोरा, दुई छोरी छन् ।

 दिवङ्गत खनालको आजै पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : ४५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’