दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा‐मदाने वन « Khabarhub

दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा‐मदाने वन


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गुल्मी– ‘रेसुङ्गा  र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको मुख्य बासस्थान बन्दै गएको छ’, नेपाल पंक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले भने, ‘विश्वमा पाइने दुर्लभ चरामध्ये यहाँ छ प्रजाति भेटिएका छन् ।’

रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमच्च महाचिल, डंगर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल तथा  मदाने क्षेत्रमा गोमायु महाचिल, सुन गिद्ध, सेतो गिद्द, डंगर गिद्दल, कस्मेरी मट्टा र काँडेभ्याकुरलगायतका दुर्लभ चरा भेटिएको उनले बताए । यी संरक्षित क्षेत्रमा नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि भेटिएको उनले जानकारी दिए । नेपालमा पाइने आठ सय ९२ प्रजातिमध्ये गुल्मीमा मात्रै ३५ प्रतिशत रहेको उनको भनाइ छ ।

सङ्घको गणनाअनुसार रेसुङ्गामा दुई सय ५९ प्रजाति र मदाने क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका छन् । यी दुवै क्षेत्रमा गरी विभिन्न तीन सय पाँच प्रजातिका चरा भेटिएको सङ्घको भनाइ छ ।

नेपालमा मात्र पाइने काँडेभ्याकुरको संरक्षण अति आवश्यक भएको भन्दै चराको बासस्थान जोगाउन जनप्रतिनिधिको भूमिका थप महत्वपूर्ण हुने डिभिजन वन कार्यालय गुल्मीका प्रमुख जीवन पङ्गेनीको भनाइ छ ।

सङ्घले जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराको खोजी गर्दै आइरहेको छ । कार्यक्रमले यी वन क्षेत्रसँग जोडिएका स्थानीयका लागि वन संरक्षण र सम्वद्र्धनसँगै जीविकोपार्जनका क्षेत्रमा लागि काम गरिरहेको छ । संस्थाले विगत छ वर्षदेखि यी दुई वन संरक्षण क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको हो । 

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गुल्मीलाई चरा पर्यटनको गन्तव्यका रुपमा विकासका लागि जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय तहबाट आवश्यक सहयोग गर्ने बताए। नेपाल पंक्षी संरक्षण सङ्घले डढेलो, विद्युतीय प्रसारण लाइन र वन्यजन्तु एवं चराचुरुङ्गीको अवैध सिकारलगायतका समस्यालाई चरा संरक्षणको चुनौतीका रुपमा लिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १२ : २४ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको