सोनापुर मिनरल्सको प्रिमियम आईपीओ आजबाट खुला | Khabarhub Khabarhub

सोनापुर मिनरल्सको प्रिमियम आईपीओ आजबाट खुला


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको असोज १४ गते आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ ।

यस कम्पनीले १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतको आधारमा १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । 

सोमध्ये पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि १०० अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरिएको थियो ।

उक्त सेयरमा स्थानीय बासिन्दाले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिएका थिए । रीतपूर्वक आवेदन दिएका आवेदकलाई माग गरे बमोजिम सेयर बाँडफाँड भइसकेको छ । 

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीका लागि ६ लाख ८ हजार २८४ कित्ता पनि बाँडफाँड गरिसकेको छ । अब स्थानीयले नकिनेको सेयरसमेत थप गरेर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यस आइपीओमा असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ । 

उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज २८ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले यस आइपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । इन्फोमेरिक्स नेपालले २०७९ मंसिर १५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० मंसिर १४ गतेसम्म बाहल रहनेछ ।

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको कम्पनी हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं ९ मा रहेको छ । कम्पनीको कारखाना स्थल भने दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेको छ । 

यो उत्पादनमूलक उद्योग हो । यसले २०६९ सालदे जेठ २८ गतेदेखि क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । यसको कुल लागत ८ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यस उद्योगको क्लिंकर २ लाख १३ हजार ३५७ मे.ट. ओपीसी सिमेन्ट १ लाख ७२ हजार ७२ मेट्रिकटन, पीपीसी ५ लाख ४९ हजार ४८० मे.ट.पीएससी ४९ हजार ९२४ मे.ट उत्पादन क्षमता रहेको छ । 

सोनापुर मिनरल्सको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ छ । आईपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ पुग्नेछ । आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ६० प्रतिशत र सर्वसाधारण हिस्सा ४० प्रतिशत हुनेछ । आईपीओ निष्कासनपश्चात् कम्पनीको सेयर प्रिमियम खातामा १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार रुपैयाँ जम्मा हुनेछ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म सोनापुर मिनरल्सले ५४ करोड ६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०८१-८२ मा ६८ करोड ६० लाख ७६ हजार रुपैयाँ र आव २०८२-८३ मा ७२ करोड ४२ लाख १९ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १२ : ३१ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट