नेपालगञ्जका तारे होटल सुनसान | Khabarhub Khabarhub

नेपालगञ्जका तारे होटल सुनसान


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्जमा पर्यटनलाई लक्षित गरी ठूलो लगानीमा खुलेका तारे होटल सुनसान छन् । विगतमा यो याममा कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकले भीडभाड हुने नेपालगञ्जका होटल यस वर्ष भने सुनसान रहेको होटल व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले बताए।

‘विगतमा केरुङ नाका बन्द हुँदा कैलाश मानसरोवर जाने धार्मिक पर्यटकले नेपालगञ्जको बाटो प्रयोग गर्दा चहलपहल राम्रै थियो’, अध्यक्ष काफ्लेले भने, ‘यस वर्ष नेपालगञ्जको बाटो प्रयोग भएको छैन, ट्राभल एजेन्सीले काठमाडौँ केरुङ नाका हुँदै पर्यटकलाई मानसरोवर पठाउने गरेका छन् ।’

नेपालगञ्जका कतिपय होटलहरुले आन्तरिक रुपमा कैलाश मानसरोवरको प्याकेज बनाएर पर्यटक पठाउने गरे पनि विगतमा जस्तो यो वर्ष भीडभाड नरहेको काफ्लेले जानकारी दिए । नेपालगञ्जमा कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल र डोल्पाको शेफोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ पाँचतारेसहितका सुविधासम्पन्न होटल खुलेका छन् । 

चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको बाटो भएर कैलाश पर्वत र मानसरोवरको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाउन चीन सरकारसँग सैद्धान्तिक सहमति गरेको विषयले नेपालगञ्जलाई दीर्घकालीन रुपमा फाइदा पुग्ने भए पनि अहिले होटल व्यवसाय सुनसान जस्तै रहेको मेरो प्लानेटका प्रबन्धक ओम मिश्रले बताए । 

‘सिमिकोट–हिल्सा सड़क नबनेसम्म हेलिकाप्टरको प्रयोगका कारणले नेपालगञ्जमार्फत मानसरोवर यात्रा छिटो, छोटो र सजिलो भए पनि सबैभन्दा महँगो थियो’, उनले भने, ‘हाल सिमिकोट–हिल्सा सडकको स्तरोउन्नतीको लागि प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग सम्झौता गरेकाले कार्यान्वयन भएमा नेपालगञ्ज रुट चल्ने छ ।’ 

नेपालगञ्जका ठूला सुविधासम्पन्न होटलको मुख्य स्रोत मानिएको कैलाश मानसरोवरका अधिकांश भारतीय तीर्थयात्री ट्राभल एजेन्सीमार्फत आउने र ट्राभल एजेन्सीले उधारोमा व्यापार गर्दा अपेक्षित रुपमा लाभ लिन नसकेको अवस्था पनि यहाँका होटल व्यवसायीले भोग्दै आएका छन् । 

एक दशकयता नेपालगञ्जमा तारेसहित दर्जन बढी सुविधा–सम्पन्न होटल सञ्चालनमा छन् । सोल्टी, स्नेहा, सिद्धार्थ, सिटी प्यालेस र स्टार लाइटलगायत सुविधासम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई लक्ष्य बनाएको होटल व्यवसायी महासङ्घ बाँकेका पूर्वअध्यक्ष भीम कँडेलले बताए ।

उनका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुरमा होटल व्यवसायमा रु १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १ : २१ बजे

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

गण्डकी – लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा

आजका समाचार : संसद्‍मा रास्वपाको विरोध जारी, मनाइयो योग दिवस र तत्काल इरानले आणविक वार्ता नगर्ने

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ