प्रधानमन्त्रीद्वारा आयोग गठन र पेट्रोलियम पदार्थको मूल्य फिर्तासम्बन्धी निर्णय सदनलाई जानकारी « Khabarhub

प्रधानमन्त्रीद्वारा आयोग गठन र पेट्रोलियम पदार्थको मूल्य फिर्तासम्बन्धी निर्णय सदनलाई जानकारी


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनको अवैध पैठारी र तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठन र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिइएको मन्त्रिपरिषद्को निर्णय सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले सोसम्बन्धी मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री दाहालले सुनको अवैध पैठारी तस्करी नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्वसहसचिव किशोरजङ्ग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेको आयोग गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले नेपाल आयल निमगले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन गरेबमोजिम निगमले सो मूल्यवृद्धिको निर्णय फिर्ता लिई पूरानै मूल्य कामय गरेको जानकारी गराए ।

नेपाल आयाल निगमले शनिबार पेट्रोल र  डिजलमा प्रतिलिटर रु छ, मट्टितेलमा प्रतिलिटर रु दुई, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाएको थियो । साथै एलपी ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  २ : ३२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको