शान्तिनगरस्थित बन्दै गरेको बागमती पुलको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु « Khabarhub

शान्तिनगरस्थित बन्दै गरेको बागमती पुलको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिका ३१ शान्तिनगरको बागमती पुल नजिकै बन्दै गरेको पुलको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बाप्र०२ ०३९ च ११९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ खाल्डोमा खस्दा मोटरसाइकल पछाडि बसेका भक्तपुरको चाँगुनारायण नगरपालिका–४ का १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका ४ का २० वर्षीय सरोज गुरुङको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । चालक गुरुङले मापसे गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा उक्त दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  २ : ४४ बजे

पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

काठमाडौं– केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्थानीय पहिचान र उद्यम विकासमा उत्साह थपेर सकियो स्वयम्भू महोत्सव 

काठमाडौं– वडाको पहिचान, वडाभित्रका धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान र

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक