‘भ्रमपूर्ण समाचारको बिगबिगीमा व्यावसायिक पत्रकारिताको खाँचो छ’ « Khabarhub

‘भ्रमपूर्ण समाचारको बिगबिगीमा व्यावसायिक पत्रकारिताको खाँचो छ’


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका अध्यक्ष गजुरधन राईले भ्रमपूर्ण र झुटा समाचारको बिगबिगी बढेको भन्दै व्यावसायिक पत्रकारिताको अभ्यास गर्न आह्वान गरेका छन् ।

किरात राई पत्रकार सङ्घ नेपालकोे १६औँ स्थापना दिवसका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले पत्रकारितामा नविनतम प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, “फेक न्युज बढेको अवस्थामा व्यावसायिक पत्रकारितामा विशेष ध्यान दिनुपर्छ ।

समाचार लेख्दा विचलित नभइ विषयवस्तुमा मुखरित भएर लेख्नुपर्छ ।” कार्यक्रममा किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताछो राईले देश विदेशमा रहेका सम्पूर्ण पत्रकारलाई शुभकामना व्यक्त गर्दै किरात राई समुदायको विषय उजागर गर्न पत्रकारको भूमिका अहम् हुने बताए । उनले भने, “यायोक्खाको अभियान र आन्दोलन सफल बनाउन किरात समुदायका पत्रकारले हातेमालो गर्नुपर्छ ।”

सङ्घका संस्थापक अध्यक्ष गणेश राईले सञ्चारसंस्था/सञ्चारमाध्यममा बढ्दो आर्थिक सङ्कटले  व्यावसायिक पत्रकारितामा चुनौती थपेको भन्दै नयाँ प्रविधिको प्रयोगलाई सामाजिक उत्तरदायित्वसहित बहन गर्न सुझाव दिए ।

सङ्घका अध्यक्ष अवतार राईले पत्रकारितामा मातृभाषलाई स्थापित गर्ने लक्ष्य लिएर सङ्घ अघि बढेको जानकारी दिए । दिवसका अवसरमा ओखलढुङ्गाका कुम्भराज राई र उदयपुरका गजेन्द्र राईलाई सम्मानपत्रसहित नगद रु १० हजारसहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ३ : ०९ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको