राजविराज–हनुमाननगर सडक जीर्ण « Khabarhub

राजविराज–हनुमाननगर सडक जीर्ण


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

राजविराज- पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा समस्या भएको स्थानीयको भनाइ छ । सडकमा परेका ठूलासाना खाल्डाले सवारीसाधन आवतजावतमा सकस हुने गरेको स्थानीय कमल मण्डलले बताए ।

हनुमाननगर र राजविराज जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक स्तरोन्नतिका लागि स्थानीय तथा सम्बन्धित निकायले चासो नदिँदा यात्रुलाई सास्ती हुने गरेको उनको भनाइ थियो । हनुमाननगर–राजविराज सडकअन्तर्गत तोपाखण्डको सडकमा सवारी साधन गुड्न सक्ने अवस्था नरहेको उनले बताए ।

वर्षामा मात्र नभई अरु समयमा पनि जीर्ण सडकका कारण सदरमुकाम राजविराजसम्म पुग्न समस्या हुने गरेको जनता समाजवादी पार्टीका नेता जीतेन्द्र खड्गाले गुनासो गरे । यस खण्डमा ठूलाठूला खाल्डो भएकाले रातिको समयमा यात्रा गर्दा थप जोखिम रहेको बताउँदै यहाँ सवारी दुर्घटनाको अत्यधिक सम्भावना रहेको उनको भनाइ थियो ।

सोही खण्डअन्तर्गत मन्सापुर नजिक सडेपारमा पनि यात्रा गर्न सास्ती हुने स्थानीय शैलेन्द्र सिंहले बताए । “हामीले सडक विभाग, पालिका तथा वडा कार्यालयलाई सडक बनाउन आग्रह गर्दा पनि स्तरोन्नतिको काम भएको छैन”, उनले भने, “सम्बन्धित निकायको लापरवाहीका कारण स्थानीयले सास्ती भोग्दै आएका छौँ ।”

सडकको अवस्थाका कारण आपत्कालीन बिरामीलाई विराटनगर, धरानलगायतका अस्पताल पु¥याउन निकै सास्ती हुने गरेको एम्बुलेन्स चालक महिनारायण यादवले गुनासो सुनाए । १२ किलोमिटरको उक्त सडक खण्डको चार किलोमिटर अति जीर्ण अवस्थामा रहेको उनले बताए । सडकका कारण दुर्घटनाको जोखिम बढेको भन्दै उक्त खण्डको मर्मतसम्भार गर्न स्थानीयले माग गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ४ : १६ बजे

राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो

म्याग्दी – म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी

फिफा विश्वकप : पहिलो जितको खोजीमा रहेका स्पेन र साउदी भिड्दै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

लागुऔषध मुद्दाका फरार व्यक्ति शङ्खपार्कबाट पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ

रास्वपाकै मञ्चबाट रवि बालेनमाथि प्रतिपक्षीको प्रश्नैप्रश्न

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भरतपुरमा स्थापनाको

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

रौतहट – सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३