माओवादी केन्द्रले अर्को चुनावमा एक्लै लड्ने | Khabarhub Khabarhub

माओवादी केन्द्रले अर्को चुनावमा एक्लै लड्ने


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै लड्ने गरी तयारी गरिरहेको जनाएको छ ।

आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्नि सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्नेगरी तीन महिने अभियान सञ्चालन गरिरहेको बताएका हुन् ।

उनले समानुपातीकतर्फ आएको मत कम भएको अवस्थामा अभियानका क्रममा दोब्बरभन्दा बढाउने विश्वास पैदा भएको बताए । सापकोटाले अभियानकै क्रममा विधान सम्मेलनमा विधि विधान र पद्धतीलगायतमा बहस गर्ने र त्यसपछि विशेष महाविधेशन आयोजना गर्ने जानकारी दिए । माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै भन्दै उनले पार्टीमा पनि आकर्षण बढेको जिकिर गरे ।

सापकोटाले माओवादी नेतृत्वको सरकार मुलुकमा देखिएका समस्या समाधान गर्दै अघि बढेको बताए । सरकारले मुलुक र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ छ ।

प्रवक्ता शर्माले प्रधानमन्त्रीको चीन भ्रमणपछि नयाँ स्तरमा सम्बन्ध अघि बढेको जिकिर गरे ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : ०८ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो