माओवादी केन्द्रले अर्को चुनावमा एक्लै लड्ने « Khabarhub

माओवादी केन्द्रले अर्को चुनावमा एक्लै लड्ने


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै लड्ने गरी तयारी गरिरहेको जनाएको छ ।

आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्नि सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्नेगरी तीन महिने अभियान सञ्चालन गरिरहेको बताएका हुन् ।

उनले समानुपातीकतर्फ आएको मत कम भएको अवस्थामा अभियानका क्रममा दोब्बरभन्दा बढाउने विश्वास पैदा भएको बताए । सापकोटाले अभियानकै क्रममा विधान सम्मेलनमा विधि विधान र पद्धतीलगायतमा बहस गर्ने र त्यसपछि विशेष महाविधेशन आयोजना गर्ने जानकारी दिए । माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै भन्दै उनले पार्टीमा पनि आकर्षण बढेको जिकिर गरे ।

सापकोटाले माओवादी नेतृत्वको सरकार मुलुकमा देखिएका समस्या समाधान गर्दै अघि बढेको बताए । सरकारले मुलुक र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ छ ।

प्रवक्ता शर्माले प्रधानमन्त्रीको चीन भ्रमणपछि नयाँ स्तरमा सम्बन्ध अघि बढेको जिकिर गरे ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : ०८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार