प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल नै हुन सकेन : एमाले सचिव भट्टराई | Khabarhub Khabarhub

प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल नै हुन सकेन : एमाले सचिव भट्टराई


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा महत्वपूर्ण विषयमा छलफल नै हुन नसकेको बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बीआरआईलगायतका सम्झौता कार्यान्वयनका महत्वपूर्ण विषयमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल नै हुन नसकेको बताएका हुन् ।

उनले नेपालप्रति चीनका कतिपय आशंकाहरुलाई पनि प्रधानमन्त्रीको भ्रमणले विश्वास दिलाउन नसकेको जिकिर गरे । अहिलेको विश्वपरिवेशको द्वन्द्वमा नेपाल फस्न नहुने र नेपालले पनि त्यही अनुसार देशहरुसँग सम्झौता गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले चीनले प्रकाशित गरेको नक्सामा प्रधानमन्त्रीले बोल्न नसक्नु उचित नभएको बताए । प्रधानमन्त्रीले आर्थिक र वातावरणसम्बन्धी मुद्दा उठाएको र राजनीतिक मुद्दामा अलि सजक भएको हो की भन्ने महशुस भएको उनको भनाइ छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जवाफ दिएपछि सांसदहरुको प्रश्न राख्न पाउनुपर्ने बताए । उनले अहिलेको संसद सञ्चालन प्रभावकारी नदेखिएको टिप्पणी गरे ।

 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : १८ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल