प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल नै हुन सकेन : एमाले सचिव भट्टराई « Khabarhub

प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल नै हुन सकेन : एमाले सचिव भट्टराई


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा महत्वपूर्ण विषयमा छलफल नै हुन नसकेको बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बीआरआईलगायतका सम्झौता कार्यान्वयनका महत्वपूर्ण विषयमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल नै हुन नसकेको बताएका हुन् ।

उनले नेपालप्रति चीनका कतिपय आशंकाहरुलाई पनि प्रधानमन्त्रीको भ्रमणले विश्वास दिलाउन नसकेको जिकिर गरे । अहिलेको विश्वपरिवेशको द्वन्द्वमा नेपाल फस्न नहुने र नेपालले पनि त्यही अनुसार देशहरुसँग सम्झौता गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले चीनले प्रकाशित गरेको नक्सामा प्रधानमन्त्रीले बोल्न नसक्नु उचित नभएको बताए । प्रधानमन्त्रीले आर्थिक र वातावरणसम्बन्धी मुद्दा उठाएको र राजनीतिक मुद्दामा अलि सजक भएको हो की भन्ने महशुस भएको उनको भनाइ छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जवाफ दिएपछि सांसदहरुको प्रश्न राख्न पाउनुपर्ने बताए । उनले अहिलेको संसद सञ्चालन प्रभावकारी नदेखिएको टिप्पणी गरे ।

 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : १८ बजे

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको