चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन « Khabarhub

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गति मापनको काम सुरु गरेको हो । कार्यालयका प्रमुख सुरेश सुवेदीले राडर गन तीव्र गति मापन यन्त्रद्वारा गति मापन सुरु गरिएको बताए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुरको टिकौली जङ्गलमा र नारायणगढ–मुग्लिन सडक खण्डमा यही असोज १० गतेदेखि गति मापन सुरु गरिएको उनको भनाइ छ । अनुगमनका क्रममा हालसम्म ४६ वटा सावरी साधन चालकलाई कारबाही गरिएको कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए । जिल्लामा विसं २०७२ मा पहिलो पटक राडर गनमार्फत सवारीको गति मापनको काम सुरु गरिएको थियो ।

उनका अनुसार प्रतिघण्टा ४० किलोमिटरभन्दा छिटो गतिमा सवारी चलाएको पाइए कारबाही गर्ने गरिएको छ । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ४१ वटा सवारी दुर्घटना भइसकेका छन् । ती दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने एक सय सात जना घाइते भएका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार पूर्व–पश्चिम राजमार्गमा १३ वटा, नारायणगढ–मुग्लिन सडकमा सातवटा, पृथ्वी राजमार्गमा दुई वटा, सहरी सडक खण्डमा तीन वटा र भित्री सडकमा १६ वटा दुर्घटना भएका छन् । यी सडक दुर्घटनामध्ये तीव्र गतिका कारण दुर्घटना बढी भएको सुवेदीले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : ४६ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्