जिल्ला अदालतद्वारा अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति « Khabarhub

जिल्ला अदालतद्वारा अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

अनमोल केसीलाई जिल्ला अदालतले पक्राउ परेका दिनदेखि लागू हुने गरी तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले उनलाई आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार साँगाबाट पक्राउ गरेको थियो । १० लाख रुपैयाँ पेश्की लिएर ‘रावायण’ फिल्म खेल्न आनाकानी गरेपछि उनीविरुद्ध निर्माण युनिटले आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ७ : ३४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस