ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह « Khabarhub

ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही गर्न, ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभवलाई अन्तरपुस्तान्तरण गरी सम्मान गर्न सबैलाई अपिल गरेको छ ।

सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानव अधिकारबारे ‘विश्वव्यापी घोषणा गरिएका वाचाहरू पूरा गरौँ’ भन्ने नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विश्वभर आज मनाइँदैछ ।

सोही अवसरमा आयोगले ज्येष्ठ नागरिकलाई प्राप्त हुने सबै प्रकारका सेवा उपलब्ध गराउन, सेवा प्रवाहमा प्राथमिकता दिन, ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति ध्यान दिन आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा ज्येष्ठ नागरिकको अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनको उचित कार्यान्वयनका लागि कार्य गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संस्थाहरू तथा सरोकारवाला सबैलाई अपिल गरिएको छ ।

“ललाइफकाई सम्पत्ति आफ्नो नाममा बनाउनु तथा उचित लालनपालन र स्याहारसुसार नगरी वृद्धाश्रमसम्म लैजाने गरेका घटनाहरू दिनप्रतिदिन बढ्दो क्रममा रहनु चिन्ताजनक छ”, विज्ञप्तिमा भनिएको छ, “सरकारले प्रदान गर्दै आइरहेका सामाजिक सुरक्षाभत्ता, स्वास्थ्य बीमा, स्वास्थ्य उपचारमा छुट सुविधा, यातायातमा छुट सुविधा, आरक्षण सिटको व्यवस्था, सेवाको प्राथमिकतामा कार्यान्वयन अभावजस्ता कुराले ज्येष्ठ नागरिकको अधिकारमा थप चुनौती खडा भएको छ ।”

आयोगले नेपालमा परिवारका सदस्य वैदेशिक रोजगारीमा जाँदा ज्येष्ठ नागरिक एक्लो हुँदै जानु, एकल परिवार र प्रविधिको कारण अन्तरपुस्ताबीचको निकटता टाढा हुँदै जानु, ज्येष्ठ नागरिकहरूमाथि दुर्व्यवहारका घटनाहरू बढ्दै जानु, घरपरिवार, समाज र राज्यबाट नै ज्येष्ठ नागरिकहरूप्रतिको सम्मान र संरक्षण नहुनु जरुरी भएको जनाएको छ ।

औसत आयुमा देखिएको यस प्रकारको सुधारले यो सङ्ख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान गरिएको छ । “ज्येष्ठ नागरिकको औसत आयु बढ्नु सकारात्मक छ तर ज्येष्ठ नागरिकहरूका समस्या भने दिनप्रतिदिन विश्वव्यापी रूपमा थपिँदै जानु भने चुनौती बनेको छ”, विज्ञप्तिमा भनिएको छ ।

संयुक्त राष्ट्रसङ्घले ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पुहँच पु¥याउने उद्देश्यले सन् १९९१ देखि हरेक वर्ष अक्टोब र १ का दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरेको हो । नेपालको जनगणना, २०७८ अनुसार नेपालमा ज्येष्ठ नागरिकहरूको जनसङ्ख्या २९ लाख ७७ हजार तीन सय १८ रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : २३ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित