लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक « Khabarhub

लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लक्की मिडिया हाउसको आयोजनामा यही असोज २५ गते ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ प्रदान गरिने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको आज यहाँ पत्रकार सम्मेलन गरी जनाएको हो ।

मोफसलमा रहेर पनि नेपाली सिनेजगत्को संरक्षण र जगेर्ना गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने नाराका साथ मोफसलबाट पहिलो पटक अवार्ड आयोजना गर्न लागिएको हो ।

अवार्डका लागि आयोजकले आज उत्कृष्ट पाँचमा मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरेको छ । जसमध्ये उत्कृष्ट गायिका, गायक, सङ्गीतकार, लेखन, छायाकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो ।

काठमाडौँबाट आज मनोनयनमा पर्न सफल १० विधाको सार्वजनिक गरिएको हो । उक्त १० विधाबाहेक पनि कार्यक्रमका अवसरमा जुरी, पपुलर लगायतका विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

अवार्डका संयोजक तथा लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले अवार्डको आयोजना यही असोज २५ गते चितवन सिनेप्लेक्स सिजी मल, भरतपुरमा विशिष्ट चलचित्रकर्मीहरूको साथमा भव्य रुपमा कार्यक्रम आयोजना गरिने बताए ।

अवार्डको निर्णायक मण्डलमा वरिष्ठ चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला संयोजक रहनुभएको छ भने सदस्यहरूमा वरिष्ठ रङ्ग पत्रकार एवं गीतकार शान्तिप्रिय एवं वरिष्ठ रङ्ग पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर रहेका छन् । विसं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ३९ बजे

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित