रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दाङको राप्ती गाउँपालिका– ३ मसुरियाका २२ वर्षीय जेसिबीका सहचालक अमृत चौधरीको मृत्यु भएको हो।

रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देविराम भण्डारीका अनुसार जेसिबीको ब्रेक फेल भई सडक किनारमा पल्टिएको थियो। सोही जेसिबीले च्यापिएका चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

दाङदेखि रोल्पाको लिवाङतर्फ जाँदै गरेको इजी कन्स्ट्रक्सन प्रालि दाङको रा १ क ११८७ नम्बरको जेसिबी रोल्पा नगरपालिका– १ भदौरेस्थित लिवाङ सातदोबाटो खण्डमा दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : ४३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको