स्पेनी रात्रि क्लब आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो « Khabarhub

स्पेनी रात्रि क्लब आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मर्सिया शहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको हो । स्वास्थ्य सावधानी तथा आपतकालीन सेवा संयोजन केन्द्रले १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

घाइतेमध्ये २२ र २५ वर्षका दुई महिला र ४१ र ४५ वर्षका दुई पुरुषको आगलागीमा धुवाँबाट भएको असर कम गर्न उपचार भइरहेको छ ।

स्थानीय समयअनुसार बिहान ६ः०० बजे नाइट क्लबको पहिलो तल्लामा आगलागी सुरु भएको र छतको केही भाग जलेर नष्ट भएको मर्सियाका मेयर जोसे बालेस्टाले बताएका छन् ।

“आगलागीबाट हामीले ठूलो मानवीय क्षति व्यहोरेका छौँ,” बालेस्टाले भने ।

उनले भने, “राष्ट्रिय सभा केन्द्रले मृतकहरूको सम्झनास्वरूप तीन दिनको शोकको घोषणा गरेको छ र पीडितका परिवारका सदस्यहरूले स्थानीय खेलकुद हलमा स्थापित परामर्श र मनोवैज्ञानिक केन्द्रमा सहयोग प्राप्त गर्न सक्नेछन् ।”

स्थानीय अधिकारीका अनुसार ४० जना अग्निनियन्त्रकले घटनास्थलमा काम गरिरहेका छन् र भत्किएको छानामुनि अझै धेरै पीडित हुन सक्ने अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १० : २४ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत