बालसुधार गृहबाट फरार दुवै बालकैदी पक्राउ « Khabarhub

बालसुधार गृहबाट फरार दुवै बालकैदी पक्राउ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्जस्थित बालसुधार गृहबाट फरार भएका दुई बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ । बालसुधार गृहको छतबाट गत शुक्रबार बिहान हामफालेर फरार भएका सप्तरीका पाण्डव यादव र सर्लाहीका अमरकान्त ठाकुरलाई ४८ घण्टापछि आज छुट्टाछुटै स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सर्लाहीस्थित सीमा नाकाबाट गए राति र यादवलाई सिरहास्थित सीमा नाकाबाट आज पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबर्जस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो ।

फरार भएपछि दुवै बाल कैदी वीरगञ्जको मुख्य भन्सार नाका शङ्कराचार्य गेट अगाडिबाट भारतको रक्सौलतर्फ गएको दृश्य नाकामा जडान गरिएको सिसिटिभीमा रेकर्ड भएको थियो ।

बालसुधार गृहमा ६० जनाको क्षमता भएकामा हाल दोब्बरभन्दा बढी एक सय २६ जना बालक तथा किशोरहरूलाई कोचेर राखिएको छ । जसका कारण गृहमा रहेका बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै गृहलाई व्यवस्थापनमा समेत कठिनाइ भइरहेको बाल सुधार गृहका प्रमुख टीकाकृष्ण काफ्लेले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १० : ४१ बजे

एम्बुसको त्यो ओझेल, जहाँबाट बलेको थियो उज्यालो र फौजी गौरवको गाथा

काठमाडौँ – २०६० सालको साउनमा द्वन्द्व उत्कर्षमा थियो । साउनको

कसरी सुरु भयो नेपाल संवत् ?

काठमाडाैँ – नेपालको आफ्नै मौलिक संवत्- नेपाल संवत्, जसले देशको

तिहारको खानपान: दाजुभाइलाई स्वस्थ राख्न भाइमसलामा के दिने ?

काठमाडौँ – तिहार सुन्नेबित्तिकै दिमागमा सेलरोटी, फिनी, अनरसा, खुर्मा र

गणेशमान सिंहको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जन आन्दोलनका सर्वोच्च

जलवायु सङ्कट विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा विकसित !

अन्ताल्या– जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, वायु प्रदूषण र जलवायुसम्बन्धी