सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण छ : गृहमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण छ : गृहमन्त्री श्रेष्ठ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सवारी दुर्घटनाले निम्त्याएको कहालीलाग्दो अवस्थाको अन्त्य गर्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’को उद्घाटन गर्दै उनले सडक सुरक्षा ट्राफिक प्रहरीको मात्रै नभएर चालक र अन्य सबैको उत्तिकै जिम्मेवारीको पक्ष भएको बताए ।

“यति समयमा गन्तव्यमा पुग्छौँ भन्ने अनुमानलाई सिद्ध बनाउन सक्नु हामी सबैको जिम्मेवारी हो”, गृहमन्त्री श्रेष्ठले भने, “सडक जामले मानिस समयमा काममा नपुग्ने, जामको बहाना देखाउने, दुर्घटनाबाट धेरै क्षति हुने भएकाले सडक गुणस्तरको समस्यालाई सबै मिली समाधान गर्नुपर्छ ।” उनले सडक ट्राफिक लाइटको वैज्ञानिक प्रयोग गर्ने र ट्राफिक प्रहरीलाई थप ‘इन्सेन्टिभ’ दिनेबारे पनि छलफल चलिरहेको बताए ।

सडक दुर्घटनाबाट ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले पछिल्लो १० वर्षमा सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या भयावह देखिएको बताए । “सडक दुर्घटनाबाट हुने दुःखद् स्थितिको अन्त्य गर्नु, त्यसलाई प्रभावकारीरुपमा न्यूनीकरण गर्न सचेत पहलकदमी गर्नु सबैको जिम्मेवारी हो”, उनले भने । सवारी दुर्घटना न्यूनीकरण गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको मात्र नभएको जनाउँदै गृहमन्त्री श्रेष्ठले सडकको गुणस्तर, क्षमता, सवारी साधनको गुणस्तरीयता, सवारी चालक र आमनागरिकको चेतना तथा आचरण दुर्घटनाका कारण बन्दै आएको बताए ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले उपत्यकाको ट्राफिक व्यवस्थापनका सम्बन्धमा नेपाल प्रहरी र सरोकारवाला पक्षबीच सहकार्य अभिवृद्धि गरी आमनागरिकमा प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने बताए । बढ्दो सरहरीकण, जनघनत्वका आधारमा सवारी पूर्वाधारको अभाव, सवारी साधनको तीव्र वृद्धि, मानवीय, वातावरणीय र यान्त्रिकलगायत कारणले सडक दुर्घटना बढेको उनको भनाइ थियो । “प्रहरीले आगामी दुई वर्षको कार्ययोजनामा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाइ प्रणालीगत सुधार गर्ने योजना तर्जुमा गरेको छ”, उनले भने ।

वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौँमा सार्वजनिक यातायातको विकासबिना जनताले सुख नपाउने उल्लेख गर्दै सार्वजनिक यातायातमा सरकारले लगानी गर्नुपर्ने बताए । उनले काठमाडौँ उपत्यकाको साँघुरा सडक, अव्यवस्थित पार्किङ, सवारीसाधनको अत्यधिक चापका बाबजुद पनि ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गरिरहेको बताए ।

 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ११ : २७ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका