काभ्रेको मेथिनकोट अस्पतालले सिटी स्क्यान’ सेवा थालनी गर्दै  | Khabarhub Khabarhub

काभ्रेको मेथिनकोट अस्पतालले सिटी स्क्यान’ सेवा थालनी गर्दै 


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई ‘सिटी स्क्यान’ उपकरण उपलब्ध गराइएको छ । 

नमोबुद्ध नगर कार्यालयको समन्वयमा कान्ति बाल अस्पतालले मेथिनकोटलाई सो उपकरण उपलब्ध गराएपछि ‘सिटी स्क्यान’ सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा उपलब्ध जनशक्तिलाई तालिमको तयारी भएको र लगत्तै सेवा सञ्चालनमा गइने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले बताए ।

उक्त सेवा सुरु हुँदा बीपी राजमार्गमा हुनसक्ने दुर्घटनाका बिरामी तथा बागमती प्रदेशको काभ्रेपलाञ्चोकसहित छिमेकी जिल्ला सिन्धुली र पूर्वी तराईका केही जिल्लाका नागरिकका लागि निकै सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै अस्पतालमा हालै शल्यक्रिया सेवा पनि सुरु गरिएको छ भने गत असोज पहिलो सातादेखि अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा सुरु गरिएको छ । 

यस्तै सघन कक्ष (आईसीयू) र नवजात शिशुको सघन कक्ष (एनआईसीयू) सञ्चालनको तयारीमा रहेको अस्पतालले जनाएको छ ।

हाल पाँच अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा सुरु गरिएको अस्पतालमा काठमाडौँका अस्पतालमा डायलायसिस गर्न नपाएर यस क्षेत्रका बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

दाहालका अनुसार उक्त अस्पताललाई ट्रमा सेन्टर र डायलायसिस सेवाको उत्कृष्ट अस्पतालको रूपमा विकसित गर्ने योजना बनाइएको छ । ‘यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ’, डा. दाहालले भने ।

नगरप्रमुख कुन्साङ लामा तीन तहका सरकारको समन्वयका कारण मेथिनकोट अस्पतालमा सेवा विस्तार गर्दै लगिएको बताए । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीय अस्पताल बनाइएकोमा स्थानीय निकै खुसी देखिएको उनको भनाइ छ ।

यस्तै अस्पताललाई बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट अन्य आवश्यक उपकरण सहयोग गरिएको छ । अस्पतालमा हाल सेवा विस्तार भएसँगै बिरामीको चाप बढ्दै गएको बताइन्छ । अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : ५४ बजे

मौसम विज्ञान, भारत र अन्ना मुनी

जलवायु परिवर्तन चर्चामा रहनु धेरै अघि नै एक भारतीय महिला

एनएसएल फुटबल : आज पोखरा र काठमाडौँबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थण्डर्स र

जाजरकोट भूकम्प : नौ करोड बराबरको खाद्यान्न क्षति

जाजरकोट– जाजरकोट भूकम्पबाट नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको

इंग्लिस प्रिमियर लिग : न्यूक्यासलमाथि टोटनह्यामको जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम विजयी भएको छ ।

बालबालिकालाई चिसोबाट जोगाउन के गर्ने ?

अहिले चिसो मौसम चलिरहेको छ। यतिबेला जोसुकैले चिसो हुनबाट जोगिनु