वीरगञ्ज महानगरले उठायो फोहोर फ्याँक्नेहरूबाट ६ लाख रुपैयाँ जरिवाना « Khabarhub

वीरगञ्ज महानगरले उठायो फोहोर फ्याँक्नेहरूबाट ६ लाख रुपैयाँ जरिवाना


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को तीन महिनामा जरिवाना वापत ६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०-८१ को साउनदेखि हालसम्म विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट ६ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो ।

महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्दै आएको मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेको छ ।

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फद्दिन मियाँले जानकारी दिए ।

उनका अनुसार गत आव २०७९–८० मा जरिवानाबाट १५ लाख ३६ हजार पाँच सय पाँच राजस्व सङ्कलन भएको छ । यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । 

महानगरपालिको वडा नम्बर १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथी तारा एमके इनरनेसनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौता गरी नियमित सरसफाइ गर्दै आएको छ ।

विगतमा डम्पिङ साइट नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएकामा चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइट बनाएपछि फोहरमैला व्यवस्थापनमा अहिले कुनै समस्या नरहेको उनले बताए । 

विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरका रूपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगन्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको हो । 

 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १० : ३९ बजे

ट्राफिक कारबाहीः २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ – ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

गण्डकी – पोखरा बसपार्क क्षेत्रभित्र रहेका घर पसललगायत सबै संरचना

कृषिकर्ममा रमाउँछन् बलिउड स्टार

दिनभरि क्यामेराको फ्ल्यास, रेड कार्पेटको चमकदमक र लाखौँ फ्यानको नजरबीच

ह्वाइट हाउस बाहिर गोलाबारी, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए

वासिङ्टन – अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली

जानकी गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन दान

कैलाली– कैलालीको जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन