लेक लागेर प्रहरीको मृत्यु | Khabarhub Khabarhub

लेक लागेर प्रहरीको मृत्यु


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ । 

आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज बिहान पोखरामा ल्याइएकामा ९ः४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 

हेलिकप्टरमार्फत गत आइतबार आधार शिविर पुगेका ढुङ्गानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा रहेको प्रहरीचौकीमा कार्यरत थिए । 

महासचिव गुटेरेस मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए । गुटेरेसको सुरक्षामा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १२ : ३९ बजे

डीप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ, १३ आयोजना हस्तान्तरण

नारायणगढ– भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ

कारागारबाट भागेका कैदी पक्राउ

काठमाडौं– तीन दिन अभि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार

श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत : उपराष्ट्रपति यादव

कामठाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही– सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको

कामपाले सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका