लेक लागेर प्रहरीको मृत्यु « Khabarhub

लेक लागेर प्रहरीको मृत्यु


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ । 

आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज बिहान पोखरामा ल्याइएकामा ९ः४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 

हेलिकप्टरमार्फत गत आइतबार आधार शिविर पुगेका ढुङ्गानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा रहेको प्रहरीचौकीमा कार्यरत थिए । 

महासचिव गुटेरेस मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए । गुटेरेसको सुरक्षामा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १२ : ३९ बजे

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार