इटहरीमा एक सय चारको निःशुल्क दाहसंस्कार | Khabarhub Khabarhub

इटहरीमा एक सय चारको निःशुल्क दाहसंस्कार


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका एक सय चारको निःशुल्क दाहसंस्कार गरेको छ । 

उपमहानगरको सहयोगमा आर्थिक अवस्था कमजोर भएका परिवारको निधनमा निःशुल्क दाहसंस्कार गरिएको उपमहानगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए। विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि आवश्यक दाउरा तथा अन्य सामग्रीसहित निःशुल्क दाहसंस्कार गर्दै आइएको उनले बताए।

यसअघि घरदेखि घाटसम्म शवबाहन निःशुल्क गरेको उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभाव भएकालाई इटहरीस्थित बूढीगङ्गा–जमुना मुक्तिघाटमा निःशुल्क दाहसंस्कार गर्न थालेको पौडेलले बताए । आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्नेका लागि यस्तो निर्णय गरिएको उनको भनाइ थियो ।

‘मृत्युपछि गरिने अन्त्येष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था नआओस् भनेर दाहसंस्कार गर्नुअघि नै दाउरा लगायतका आवश्यक सामग्री घाटमा निःशुल्क दिने यवस्था गरेका छौँ’, पौडेलले भने, ‘साथै नगरवासीको मृत्यु भएमा घाटसम्म शव लैजान उपमहानगरले निःशुल्क रूपमा शवबाहन उपलब्ध गराउँदै आएको छ ।’

इटहरीका २० वटै वडामा कोहीकसैको मृत्यु हुँदा अन्तिम संस्कारका लागि शवबाहन तथा बिरामीलाई अस्पताल ल्याउन र लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्दै आएको उपमहानगरले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १२ : ५६ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज