बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत् « Khabarhub

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत आपूर्ति पूर्ववत् भएको छ ।

नेपाल विद्युत प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रशारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत आपूर्ति पूर्ववत् गरेका हुन् ।

प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा शनिबार बत्ती बलेको जानकारी दिए । ‘धेरै ठाउँमा दुईतीन दिनमै विद्युत आपूर्ति गराएका थियौँ ।

पाउद्धार, गिवाङ, किन्दु क्षेत्रमा चाडपर्वको समय पनि नभनी कर्मचारी र कमजदुरहरु दसैँको समयमा रातीसम्म परिचालन भयौ,’ उनले भने, ‘कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत आपूर्ति गराएका छौँ । दोस्रो चरणमा थप मर्मत गरि विद्युत आपूर्तिलाई नियमित र व्यवस्थित बनाउने प्रयासमा छौँ ।’

म्याग्दी वितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनीका सहित २४ हजार चार सय ९० ग्राहक छन् । तातोपानी वितरण केन्द्र अन्तर्गत गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा सहित मुस्ताङमा विद्युत आपूर्ति हुन्छ ।

बाढी पहिरोले प्राधिकरणको ३३/११ केभीको प्रशारण, वितरण लाइनका दुई सय ५० वटा पोल र त्यहाँ तानिएका तार क्षति गरेको थियो । कुल एक करोड ५० लाख क्षति पुगेको प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख गामीले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकाको राम्चे र हिस्तानमा पर्वतको जलजला गाउँपालिका–५ लेकफाँट तर्फबाट विद्युत आपूर्ति गरिएको छ । यस क्षेत्रमा यसअघि महभिरतर्फबाट विद्युत आपूर्ति हुने गरेको थियो ।

पाउद्धारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत आपूर्ति गराइएको बेनी वितरण केन्द्रका प्रमुख गामीले बताए । विद्युत आपूर्ति हुन थालेपछि ग्रामीण क्षेत्रको जनजीवन सहज हुन थालेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ११ : २७ बजे

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च