नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ « Khabarhub

नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण–७ घर भई हाल काठमाडौँ कलङकी बस्ने ३२ वर्षीय अर्जुन थापा र झापा मेचिनगर–५ घर भई हाल काठमाडौँ गौशाला बस्ने ३० वर्षीय शेखर भट्टराई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ परेकाले बा २ ज २१८० नम्बरको ट्याक्सीमा आएका उनीहरूले अन्सारीको साथमा रहेको विभिन्न सुनका गरगहना तथा नगद जबरर्जस्ती चोरी गरी लगेको भन्ने सूचनाका आधारमा अनुसन्धान गरी निजहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ परेकामा मनोज र अर्जुन ट्याक्सी चालक रहेका र भट्टराई डिआरटी सव रेमिट्सका सञ्चालक रहेका अनुसन्धानको क्रममा खुलेको रेग्मीले बताएका छन् । उनका अनुसार उनीहरुबाट रू ९६ हजार पाँच सय नगदसमेत बरामद गरिएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  २ : १४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि