दुईजना लागूऔषध कारोबारी पक्राउ | Khabarhub Khabarhub

दुईजना लागूऔषध कारोबारी पक्राउ


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरी काठमाडौँको गोठाटारबाट दुईजना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल घर भएका ४८ वर्षीय मोहम्मद करिम तथा झापा केचन गाउँपालिका–८ बस्ने ३५ वर्षीय हर्क लिम्बू रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनले भने, ‘प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गर्दा मोहम्मद करिम घाइते भएका छन्, उनको गोठाटारस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।’

यसैगरी प्रहरीले मोहम्मद करिमको साथबाट ६ दशमलव ७५ एमएमको पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोलीसहित दुई सय ग्राम खैरो हेरोइनजस्तो पदार्थ र तराजु फेला परेको जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ३ : १४ बजे

यात्रामा प्राप्त सुझाव पूरा गर्ने अध्यक्ष ओलीको प्रतिबद्धता

लमजुङ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राका क्रममा

बिजुली बिक्रीबाट आम्दानी हुन थाल्यो : सिँचाइमन्त्री बस्नेत

बेनी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल बिजुली बिक्रीबाट

हेटौंडाबाट पेस्तोल र १९ राउन्ड गोलीसहित तीन जना पक्राउ

हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोलीसहित तीन जनालाई

राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक सम्पन्न

काठमाडौं– राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ

लेबनान–इजरायल सीमामा भिडन्त हुँदा ६ जनाको मृत्यु

बेरुत- लेबनान–इजरायल सीमामा भएको भिडन्तमा परी ६ जनाको मृत्यु भएको