प्रस्तावित क्यानडाका राजदूत पौडेलको संसदीय सुनुवाइ प्रक्रिया सुरु « Khabarhub

प्रस्तावित क्यानडाका राजदूत पौडेलको संसदीय सुनुवाइ प्रक्रिया सुरु


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सङ्घीय संसद् सुनुवाइ समितिले प्रस्तावित क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले प्रस्तावित राजदूत पौडेलको सुनुवाइ प्रक्रिया अघि बढाउने सिलसिलामा १० दिने सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयका सचिव पौडेललाई मन्त्रिपरिषद्को यही कात्तिक २ गते बैठकले क्यानडाका लागि राजदूत नियुक्त गर्न सिफारिस गर्दै संसदीय सुनुवाइका लागि समिति पठाएको थियो । उनलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन अनुरोध गर्दै सबैको जानकारीका लागि सार्वजनिक सूचना प्रकाशित गर्ने समितिले निर्णय गरेको हो ।

सरकारले उनलाई क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैरआवासीय राजदूत तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)का लागि स्थायी प्रतिनिधिका लागि सिफारिस गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ५ : ०९ बजे

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो

काभ्रेपलाञ्चोक – बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको