जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ | Khabarhub Khabarhub

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका-१५ किमडोलस्थित थुप्टेन घलेको द सेफ हाउस रेष्टुरेन्ट एण्ड वारमा जुवातास खेलिरहेको अवस्थामा मनाङ निस्याङ गाउँपालिका-२ घर भई काठमाडौं नागार्जुन नगरपालिका-५ छकडोल बस्ने ४१ वर्षीय आसुन गुरुङ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ६ सय रुपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको हो ।

 उता ललितपुरको गोदावारी नगरपालिका-१० टाखेल पानी ट्‍याङ्की नजिक बस्ने कुमार भन्ने टुकनाथ घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका-१० बस्ने ३७ वर्षीय निराजन न्यौपाने समेत ८ जनालाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ५ : ४३ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले