तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै | Khabarhub Khabarhub

तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । करिब दुई महिनाअघिदेखि फैलिएको डेङ्गु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार मात्रै एक सय ८२ जना नयाँ डेङ्गु सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । 

जिल्लामा सोमबारसम्म छ हजार चार सय ८४ जना डेङ्गु सङ्क्रमित रहेकोमा वृद्धि भई छ हजार छ सय छैसठ्ठी जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।

व्यास नगरपालिकामा ६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि पाँच हजार चार सय १५ रहेको यस पालिकामा  थपिएर पाँच हजार चार सय ७५ जना पुगेको छ । डेङ्गु सङ्क्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भीडभाड हुने गरेको छ भने कतिपय पोखरा र चितवनसम्म धाउन थालेका छन् । 

जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय ९६, ऋषिङ गाउँपालिकामा एक सय ९४, भिमाद नगरपालिकामा एक सय ८४, म्याग्दे गाउँपालिकामा एक सय १०, भानु नगरपालिकामा ८४, बन्दीपुर गाउँपालिकामा ४७, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा २२ र घिरिङ गाउँपालिकामा नौ जना सङ्क्रमित भएका छन् । 

यसबाट बच्न बयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको घर वरिपरि पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउनेलगायतमा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए। 

डेङ्गु सङ्क्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुरुप औषधि सेवन गर्ने, झोलिलो खानेकुरा प्रसस्त पिउने, फलफूल खाना र आराम गर्न उनले सुझाव दिए। 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ६ : ५२ बजे

सरकारको स्वामित्वमा आउन नदिन एनसेलको शेयर बिक्री भयो : सांसद सिंह

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारको स्वामित्वमा आउन नदिन

विकासका लागि सरकारमा एमाले चाहिन्छ : ओली

दैलेख – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनको कुरा

जलवायु र विपद् जोखिमको मूल्याङ्कन र व्यवस्थापन गर्न एडीबीले नेपाल र भुटानलाई सहयोग गर्ने

काठमाडौं- एसियाली विकास बैंक एडीबीले हिन्दुकुश हिमालय क्षेत्रमा उत्पन्न हुने

नेप्से परिसूचकमा सामान्य गिरावट

काठमाडौं- यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज

इजरायली हमलामा परी गाजामा २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु

काठमाडौं- इजरायलले जारी राखेको आक्रमणमा परी पछिल्लो २४ घण्टामा ७