सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं « Khabarhub

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसैको हार वा जितका रूपमा नहेर्नुपर्ने बताएका छन् ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित पक्षलाई आधिकारिकता दिने निर्णय गरेपछि प्रतिक्रिया दिँदै घिमिरेले यस्तो बताएका हुन् ।

उनले अदालतको निर्णय विधि र पद्धतिका लागि भएको लामो संघर्षको परिणाम भएको उल्लेख गर्दै सबै पक्षको योगदान र आत्मसम्मानको कदर भएको बताएका छन् ।

उनले भने, ‘सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी रिट निवेदनमा दिएको आदेश न्यायपूर्ण छ। यो पार्टीभित्र विधि र पद्धतिका लागि गरिएको अनवरत संघर्षको प्रतिफल हो । यसले सबैको आत्मसम्मान र योगदानलाई सम्मान गरेको छ। यो कसैको हार वा जित होइन।’

घिमिरेले अब सबै नेता तथा कार्यकर्ताले एकताबद्ध भएर १५औँ महाधिवेशन सफल बनाउन ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । उनले थपे, ‘अब हामी सबै एकताबद्ध भएर १५औँ महाधिवेशनलाई उत्साहका साथ सम्पन्न गर्नुपर्छ। विगतका विवादहरूलाई बिर्सेर पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै अघि बढ्नुपर्छ।’

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ११ : २६ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको