राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा नहुने | Khabarhub Khabarhub

राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा नहुने


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा नहुने भएको छ । मानव अधिकार आयोगको विश्वव्यापी गठबन्धनले राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ए’ ग्रेडमै राख्ने भएको हो ।

यसअघि तह घटुवाको चेतावनी पाएको राष्ट्रिय मानव अधिकार आयोगलाई ग्लोबल अलायन्स फर नेसनल ह्युमन राइट्स इन्स्टिट्युसन (गान्ह्री) ले सर्तसहित ‘ए’ ग्रेडमै राखेको हो ।

गान्ह्रीको स्तर निर्धारण उपसमितिले मानव अधिकार आयोग ऐन पेरिस सिद्धान्तबमोजिम रहेको भन्दै आयोगको ग्रेड घटुवा नगरेको हो ।

२०७७ पुसमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत आयोगका पदाधिकारी नियुक्त गरेपछि गान्ह्रीले आयोगको तह घटुवा गरी ‘बी’ मा झार्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ६ : ५७ बजे

किसानलाई प्रोत्साहन गर्न लहानको आँप ‘ब्राण्डिङ’

सिरहा –स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा

मनाङको स्यार्कु जङ्गलमा आगलागी

मनाङ – जिल्लाको चामे गाउँपालिका–१ तिमाङ स्यार्कुको जङ्गलमा आज आगलागी

उत्तराखण्डको रुद्रप्रयागमा टेम्पो दुर्घटनामा १० को मृत्यु

रुद्रप्रयाग – उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको बद्रीनाथ राजमार्गमा शनिबार टेम्पो ट्र्याभलर

रुसी बमवर्षक विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको स्विडेनको आरोप

स्टकहोम – स्विडेनको सेनाले शनिबार एक रुसी एसयु–२४ बमवर्षक विमानले

आजका समाचार : प्रदेश सरकारको बजेट सार्वजनिकदेखि एमालेको बैठकसम्म

देशमा आशाको सञ्चार प्रवाह भइरहेको छ: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल