राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा नहुने « Khabarhub

राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा नहुने


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा नहुने भएको छ । मानव अधिकार आयोगको विश्वव्यापी गठबन्धनले राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ए’ ग्रेडमै राख्ने भएको हो ।

यसअघि तह घटुवाको चेतावनी पाएको राष्ट्रिय मानव अधिकार आयोगलाई ग्लोबल अलायन्स फर नेसनल ह्युमन राइट्स इन्स्टिट्युसन (गान्ह्री) ले सर्तसहित ‘ए’ ग्रेडमै राखेको हो ।

गान्ह्रीको स्तर निर्धारण उपसमितिले मानव अधिकार आयोग ऐन पेरिस सिद्धान्तबमोजिम रहेको भन्दै आयोगको ग्रेड घटुवा नगरेको हो ।

२०७७ पुसमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत आयोगका पदाधिकारी नियुक्त गरेपछि गान्ह्रीले आयोगको तह घटुवा गरी ‘बी’ मा झार्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ६ : ५७ बजे

दमकका सबै वडामा एमाले निर्वाचन परिचालन कार्यलय, कार्यकर्ता मतदाताको घरघर जाने

दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन

राष्ट्रिय लिगमा त्रिभुवन आर्मीको श्री भगवतीमाथि जीत

काठमाडौं– काठमाडौंमा जारी राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबले श्री भगवती

डीभीबाट अमेरिका जान नक्कली शैक्षिक प्रमाण पत्रको सहारा, एकसाथ सातजना समातिए

काठमाडौं– डीभी लोटरी परेर अमेरिका जान लागेकालाई नक्कली शैक्षिक प्रमाणपत्र

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि