गोली प्रहार गरी प्रहरीले दुई जनालाई लागू औषधसहित नियन्त्रणमा लियो « Khabarhub

गोली प्रहार गरी प्रहरीले दुई जनालाई लागू औषधसहित नियन्त्रणमा लियो


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको गोठाटारमा प्रहरीले गोली प्रहार गरी दुई जनालाई लागू औषधसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा एक जना भारतीय र एक नेपाली रहेका छन् । उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर, एउटा पेस्तोल र तीन राउण्ड गोलीका साथै डिजीटल तराजु र नगद ५० हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चलाएको गोली लागेर भारतको पश्चिम बंगाल राज्यको नक्सलबारीका ४८ वर्षीय मोहमद करिम घाइते भएका छन् । उनको दाहिने गोडामा गोली लागेको छ । उनलाई उपचारका लागि मदरल्याण्ड अस्पताल, पेप्सिकोला लगिएको छ ।

घटनामा झापाको कचनकवल ८ का ३७ वर्षीय हर्कबहादुर लिम्बु पनि पक्राउ परेका छन् । पक्राउ परेका लिम्बु २०७४ चैत २९ गते मानव बेचबिखन मुद्दामा कारवाही भई ५ वर्ष जेल भुक्तान गरी छुटेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ७ : ३८ बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर