व्यास क्षेत्रलाई विश्वसामु चिनाउन भोलिदेखि ज्ञानमहायज्ञ « Khabarhub

व्यास क्षेत्रलाई विश्वसामु चिनाउन भोलिदेखि ज्ञानमहायज्ञ


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ – विश्व हिन्दू महासङ्घ नेपाल, जिल्ला शाखा स्याङ्जाको आयोजनामा व्यास–३ स्थित व्यासगुफामा आध्यात्मिक चेतनामूलक श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ ।

आयोजक समितिले आज पत्रकार सम्मेलन गरी यही कार्तिक १६ गतेदेखि २३ गतेसम्म व्यासऋषिको तपोभूमिमा ज्ञानमहायज्ञको आयोजना गर्न लागेको जनाएको हो । पूर्वीय सभ्यता, पूर्वीय वाङ्मय, १८ पुराण, १८ उपपुराण र चार वेददेखि विश्वजगत्लाई चेतनाको ज्योति फैलाउने व्यासऋषिको तपोभूमिमा भागवतको सिद्धता प्राप्ति र व्यास क्षेत्रलाई विश्वसामु चिनाउन महायज्ञ गर्न लागेको आयोजक समितिले जनाएको छ ।

हिन्दू मात्रै नभएर विभिन्न धर्मावलम्बीको सभ्य समाज, वैदिक सभ्यता र सनातन धर्मका लागि भावना प्रेरित गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको पण्डित नेत्रप्रसाद पराजुलीले जानकारी दिए ।

“अर्थ सङ्कलनका लागि यज्ञ नभएर धार्मिक जागरण ल्याउन महायज्ञको आयोजना गरेका हौँ, यो नमुना महायज्ञ बन्नेछ”, उनले भने, “उक्त महायज्ञमा करिब ५० जिल्लाबाट साधुसन्तको सहभागी हुने अपेक्षा गरिएको छ ।”

समाजमा हुने जातिगत द्वन्द्व, साम्प्रदायिक द्वन्द्वबाट समाजलाई निराकरण गरी सकारात्मकतर्फ र आध्यात्मिक सोचको विकास गराउन महायज्ञको महत्वपूर्ण भूमिका हुने वेद अनुयायी प्रतिष्ठान नेपालका केन्द्रीय समिति अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिए ।

मातापिता र गुरुप्रति भक्ति, प्रकृतिप्रति प्रेम र समाजप्रतिको सकारात्मक सोचमा विकास गर्ने उद्देश्यअनुरुप विश्व ॐ कार हिन्दू महासङ्घअन्तर्गत रहेर स्याङ्जा शाखाले श्रीमद्भागवतको आयोजना गरेको उनले बताए ।

व्यासऋषिको तपोभूमि व्यासक्षेत्रको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित यही कात्तिक १ गतेदेखि ३० गतेसम्म महामिलन पर्व कार्यक्रम निरन्तर चलिरहेको छ ।

व्यासभूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीको धार्मिकस्थल बनाउन एकमहिने अखण्ड हरिनाम सङ्कीर्तन एवं एक सय आठ दीप प्रज्ज्वलनलगायतका कार्य हुँदै आएको प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले जानकारी दिए ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व बोकेको व्यासभूमि ओझेलमा पर्दै गएकाले प्रचारप्रसारका लागि महामिलन पर्व प्रभावकारी बन्ने विश्वास गरिएको व्यास नगरपालिका संस्थापक प्रमुख एवं प्रतिष्ठानका सल्लाहकार ताराप्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ८ : २७ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि