व्यास क्षेत्रलाई विश्वसामु चिनाउन भोलिदेखि ज्ञानमहायज्ञ | Khabarhub Khabarhub

व्यास क्षेत्रलाई विश्वसामु चिनाउन भोलिदेखि ज्ञानमहायज्ञ


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ – विश्व हिन्दू महासङ्घ नेपाल, जिल्ला शाखा स्याङ्जाको आयोजनामा व्यास–३ स्थित व्यासगुफामा आध्यात्मिक चेतनामूलक श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ ।

आयोजक समितिले आज पत्रकार सम्मेलन गरी यही कार्तिक १६ गतेदेखि २३ गतेसम्म व्यासऋषिको तपोभूमिमा ज्ञानमहायज्ञको आयोजना गर्न लागेको जनाएको हो । पूर्वीय सभ्यता, पूर्वीय वाङ्मय, १८ पुराण, १८ उपपुराण र चार वेददेखि विश्वजगत्लाई चेतनाको ज्योति फैलाउने व्यासऋषिको तपोभूमिमा भागवतको सिद्धता प्राप्ति र व्यास क्षेत्रलाई विश्वसामु चिनाउन महायज्ञ गर्न लागेको आयोजक समितिले जनाएको छ ।

हिन्दू मात्रै नभएर विभिन्न धर्मावलम्बीको सभ्य समाज, वैदिक सभ्यता र सनातन धर्मका लागि भावना प्रेरित गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको पण्डित नेत्रप्रसाद पराजुलीले जानकारी दिए ।

“अर्थ सङ्कलनका लागि यज्ञ नभएर धार्मिक जागरण ल्याउन महायज्ञको आयोजना गरेका हौँ, यो नमुना महायज्ञ बन्नेछ”, उनले भने, “उक्त महायज्ञमा करिब ५० जिल्लाबाट साधुसन्तको सहभागी हुने अपेक्षा गरिएको छ ।”

समाजमा हुने जातिगत द्वन्द्व, साम्प्रदायिक द्वन्द्वबाट समाजलाई निराकरण गरी सकारात्मकतर्फ र आध्यात्मिक सोचको विकास गराउन महायज्ञको महत्वपूर्ण भूमिका हुने वेद अनुयायी प्रतिष्ठान नेपालका केन्द्रीय समिति अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिए ।

मातापिता र गुरुप्रति भक्ति, प्रकृतिप्रति प्रेम र समाजप्रतिको सकारात्मक सोचमा विकास गर्ने उद्देश्यअनुरुप विश्व ॐ कार हिन्दू महासङ्घअन्तर्गत रहेर स्याङ्जा शाखाले श्रीमद्भागवतको आयोजना गरेको उनले बताए ।

व्यासऋषिको तपोभूमि व्यासक्षेत्रको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित यही कात्तिक १ गतेदेखि ३० गतेसम्म महामिलन पर्व कार्यक्रम निरन्तर चलिरहेको छ ।

व्यासभूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीको धार्मिकस्थल बनाउन एकमहिने अखण्ड हरिनाम सङ्कीर्तन एवं एक सय आठ दीप प्रज्ज्वलनलगायतका कार्य हुँदै आएको प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले जानकारी दिए ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व बोकेको व्यासभूमि ओझेलमा पर्दै गएकाले प्रचारप्रसारका लागि महामिलन पर्व प्रभावकारी बन्ने विश्वास गरिएको व्यास नगरपालिका संस्थापक प्रमुख एवं प्रतिष्ठानका सल्लाहकार ताराप्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ८ : २७ बजे

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पाण्डेले

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६

धादिङ र तनहुँमा दुई जना मृत अवस्थामा फेला

काठमाडौं– धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित त्रिशूली नदी किनारामा हाल नाम, थर

बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई ‘बाइपास’ गर्न खोज्दा काठमाडौंको बजेट झन् अन्योलमा

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्रोत अनुमान तथा बजेट सीमा