चीन तिब्बती सँस्कृति जरैदेखि निमिट्यान्न पार्न उद्दत : तिब्बती नेता छिरिङ | Khabarhub Khabarhub

चीन तिब्बती सँस्कृति जरैदेखि निमिट्यान्न पार्न उद्दत : तिब्बती नेता छिरिङ


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी- तिब्बतको निर्वासित सरकारका नेता सिक्योङ पेन्पा छिरिङले तिब्बती सँस्कृति जरैदेखि निमिट्यान्न पार्न चीन उद्दत रहेको टिप्पणी गरेका छन् ।

अमेरिकाको वाशिंटनमा रहेको नेशनल प्रेस क्लबले जनाएअनुसार सिक्योङ छिरिङले चीनले तिब्बती सँस्कृतिको जरामै प्रहार गरिरहेको टिप्पणी गरेका हुन् ।

अभिनेता रिचर्ड गिरसमेत सहभागी रहेको एक कार्यक्रममा सिक्योङ छिरिङले भने, ‘चीनले तिब्बतमा कठोर शासन गर्दै आएको छ ।’

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले चिनियाँ कम्युनिष्ट अधिकारीहरुले स्थानीय विद्यालयहरुमा तिब्बती भाषा विस्थापित गर्दै लगेको र स–साना गाउँहरुको नाम पनि परिवर्तन गरी चिनियाँ नाम राख्ने गरेको बताए ।

‘हाम्रो पहिचान नै लोप हुनसक्छ, यो तिब्बतको भविष्यमा देखिएको सबैभन्दा ठूलो जोखिम हो ।’ सिक्योङ छिरिङलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : ३९ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई