न्युजिल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको फराकिलो जित « Khabarhub

न्युजिल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको फराकिलो जित


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकदिवसीय विश्वकपमा न्युजिल्याण्डविरुद्ध दक्षिण अफ्रिकाले फराकिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रिका १ सय ९० रनको विशाल अन्तरले विजयी भएको हो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले ३५.३ ओभरमा १ सय ६७ रन अल आउट भयो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए भने विल यङले ३३ रन र डेरल मिचेलले २४ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले ४ तथा मार्को जानसेनले ३ विकेट लिए । जेराल्ड कोट्जेले २ तथा कागिसो रबाडाले एक विकेट लिए ।

त्यसअघि क्विन्टन डी कक र रासी भन डर डुसेनको शतकीय पालीको मद्दतले दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ५७ रन बनाएको थियो । डी ककले १ सय १४ रनको शानदार पाली खेले । त्यस्तै, डुसेनले ११८ बलमा १ सय ३३ रन बनाए । उनले ९ चौका र ५ छक्का हिर्काए । डेभिड मिल्लर आक्रामक पाली खेल्दै ३० बलमा ५३ रन बनाए ।

न्युजिल्याण्डका लागि टीम साउथीले २ तथा ट्रेन्ट बोल्ट र जेम्स निसमले १–१ विकेट लिए ।जितसँगै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : ४७ बजे

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज