नेपालमा लगानी गर्न यूएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

नेपालमा लगानी गर्न यूएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अबुधाबी पुगेका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल-दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् ।

दुबई उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अबुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थियो ।

युएईका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको बताएका छन् ।

दुबई उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबई उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताएको उक्त दूतावासले जनाएको छ । 

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा युएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरूको उपस्थिति थियो । त्यसअघि प्रधानमन्त्री दाहालले अबुधाबीस्थित ग्रान्ड मस्कको भ्रमण गरेका थिए । बिहीबारदेखि कोप-२८ दुबइमा प्रारम्भ भएको छ ।

यूएईमा प्रधानमन्त्रीको व्यस्तता (तस्बिरहरु)

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ०८ बजे

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित

सुदूरपश्चिम प्रदेशसभा : दलित सशक्तीकरण विधेयकमाथि छलफल

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८ लाई

गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै

काठमाडौं– नेपाली कांग्रेशका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही

सेतो मच्छिन्द्रनाथको मूर्तिमा रंगरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– आइतबार सम्पन्न पवित्र स्नानपछि सेतो मच्छिन्द्रनाथ (अवलोकितेश्वर/करुणामय) को मूर्तिमा

रास्वपासँग राजनीतिक सहमति गर्ने पक्षमा जेन-जी फ्रन्ट र काउन्सिल, अलायन्स भने सडकतिर

काठमाडौं- सोमबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र