इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु « Khabarhub

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

बग्दाद– इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ । इराकको पूर्वी दियाला प्रान्तको अमरनिया सहर नजिकै बिहीबार साँझ एउटा गाडी र उद्धार टोलीमाथि आक्रमण भएको हो ।

रोयटर्सका अनुसार गाडी र उद्धार टोलीमाथी सडक किनारमा राखिएको बम र गोलीले आक्रमण गरी कम्तीमा १० जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

सुरक्षा बलसँग सम्बन्धित स्रोतहरूले इराकको अमरनिया सहर नजिकै स्थानीय सांसदका आफन्तहरूलाई निशाना बनाएको जानकारी दिएका छन । 

सो क्रममा उनीहरूमाथि अज्ञात आक्रमणकारीले बम प्रहार गर्नुका साथै स्नाइपर फायरिङ समेत गरेको थियो । उनले आक्रमणको सम्भावित कारणबारे खुलाएनन्। आक्रमणपछि सुरक्षा बलले उक्त क्षेत्रमा कर्फ्यु लगाएको छ ।

अक्टोबर २०२३ को अन्तिम दिनमा इराकको राजधानी बगदादमा पनि यस्तै आक्रमण भएको थियो । यो हमला अक्टोबर २७ मा रेडक्रसको मुख्यालय र प्रहरी चौकी नजिक भएको थियो, जसमा ३३ जनाको मृत्यु भएको थियो। अघिल्लो राति छुट्टाछुट्टै आक्रमणमा तीन अमेरिकी सैनिक मारिएपछि यो हमला गरिएको हो।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ८ : ०२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२