जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ | Khabarhub Khabarhub

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुवात गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो ।  

रुकुम पश्चिममा मंगलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरणसमेत सुरु गरिसकेका छन् । शिवालयमा तीन हजार तीन सय नौ लाभग्राहीलाई पहिलो किस्ता पठाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका लेखापाल एकराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार प्रतिलाभग्राही २५ हजारका दरले रु आठ करोड २७ लाख २५ हजार पठाइएको छ । पालिकाले भने लाभग्राहीको विवरण पुनः पहिचान गरी रकम वितरण गर्ने जनाएको छ । शुक्रबारदेखि नै यो प्रक्रिया थालिने पालिका अध्यक्ष शेरबहादुर शाहीले बताए । ‘वडाबाट आएको विवरणलाई प्रशासनमा पठाएका छौँ, यीमध्ये पनि कसैका दुईवटा घर हुनसक्छ, कोही लाभग्राही सूचीमै नपरेका पनि हुनसक्छन्’, उनले भने , ‘त्यसैले फेरि फारम भर्न लगाएर वास्तविक पीडितलाई अनुदान दिन्छौँ, यसका लागि दुई-तीन दिन लाग्न सक्छ ।’

लेखापाल  उपाध्यायले अन्य  गाउँपालिकाबाट भने लाभग्राही विवरण प्राप्त हुन नसकेको बताए। विवरण प्राप्त भएलगत्तै स्थानीय तहमा रकम पठाइने बताए। शुक्रबारदेखि अन्य तहबाट पनि लाभग्राही विवरण आउने जनाइएको छ । जिल्लामा ३४ हजार चार सय ९८ घरमा भूकम्पले क्षति पुर्याएको प्रारम्भिक विवरण छ । तीसमध्ये नौ हजार सात सय ९४ घरमा पूर्ण र २४ हजार सात सय सात घरमा आंशिक क्षति पुगेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १२ : २० बजे

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न दिने

काठमाडौं– नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

नवलपरासी– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च

कोशीको बजेट अधिवेशन आव्हान गर्न सिफारिस

विराटनगर कोशी प्रदेशको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस

महिलालाई आत्मनिर्भर बनाउँदै रामपुर 

रामपुर– रामपुर नगरपालिकाले महिलालाई लक्षित गरी सीप विकासमा जोड दिएको

प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि पालिकाभरी सार्वजनिक बिदा

काठमाडौं– सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल