द्रूत बस सेवा विस्तार हुन्छ : मन्त्री ज्वाला « Khabarhub

द्रूत बस सेवा विस्तार हुन्छ : मन्त्री ज्वाला


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रूत बस सेवालाई विस्तार गरिने बताएका छन् ।

शुक्रबार काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा रहेको द्रूत बस सेवाको अनुगमन गर्दै मन्त्री ज्वालाले यसलाई प्रभावकारी बनाउँदै अन्य रुटमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

मन्त्री ज्वालाले चक्रपथलगायत अन्य रुटमा सेवा विस्तार गर्न सकिने बताए । उनले सार्वजनिक सवारी यातायातलाई व्यवस्थित गर्दै सुरु गरेको सेवा सञ्चालमा केही चुनौति र समाधान रहेको भन्दै त्यसलाई समाधान गर्दै दिगो बनाउने धारणा राखे ।

अनुगमनका क्रममा मन्त्री ज्वालाले सूर्यविनायकदेखि जडिबुटीसम्म द्रुत बसमा चढेरै बस सेवाको अनुगमन गरेका थिए । हाल सो रुटमा प्रत्येक ३– ३ मिनेटको फरकमा ३६ वटा बस सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ३ : १३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको