झापामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

झापामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शिवसताक्षी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा गए राति पूर्वबाट जाँदै गरेको प्र१–०१–०१६प ४३९० नंको मोटरसाइकलले सोही दिशातर्फ हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा नाम ठेगाना नखुलेका एक पुरुषको मृत्यु भएको हो ।

मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका ती पैदलयात्रीको उपचारका क्रममा विर्तामोडको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक कमल गाउँपालिका–१ का २० वर्षीय सागर तामाङ घाइते भएका छन् । हातमा चोट लागेका चालक तामाङलाई उपचारपश्चात् आज झिलझिले इलाका प्रहरी कार्यालयमा राखेर कानुनी कारबाही सुरु गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ३ : २७ बजे

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको