राजसंस्था, हिन्दू राष्ट्र पक्षधरबीच मोर्चा निर्माण आवश्यक: कमल थापा « Khabarhub

राजसंस्था, हिन्दू राष्ट्र पक्षधरबीच मोर्चा निर्माण आवश्यक: कमल थापा


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्घीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

अहिलेकै व्यवस्था कायम रहे नयाँ तानासाहको जन्म हुने भन्दै थापाले देश बचाउन र बनाउन राजसंस्था, हिन्दू राष्ट्र पक्षधर र सङ्घीयता नचाहनेबीच तत्काल मोर्चा निर्माण गरी नयाँ जनआन्दोलनमा जान जरुरी भएको आवश्यकता औँल्याए ।

थापाले संवैधानिक अङ्ग, न्यायालय, प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमाएर सर्वसत्तावाद लाद्ने दुष्प्रयास भइरहेको भन्दै उनले त्यसको प्रतिवाद हुनुपर्नेमा जोड दिए । असक्षम, असफल र अदुरदर्शीहरुले मुलुकमा ब्रम्हलुट गरिरहेको भन्दै थापाले मुलुकको स्वाधीनताको रक्षाको निमित्त एक पटक सबै सडकमा आउनु पर्ने समय आएको समेत बताए । उनले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई आग्रह समेत गरे।

राप्रपा नेपाल काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा नेताहरू जयकुमार खड्का,तारानाथ लुइँटेल, इन्द्र चित्रकार ,राजाराम बर्तौला ,श्याम घिमिरे लगायतले सङ्गठन सुदृढीकरण र आन्दोलनको तयारी बारे बोलेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ४ : ३७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर