खाँणलाई थुनामै राख्ने या धरौटीमा छाड्नेबारे न्यायाधीशहरुबीच कहाँ मिलेन कुरा ? अब के हुन्छ ? « Khabarhub

खाँणलाई थुनामै राख्ने या धरौटीमा छाड्नेबारे न्यायाधीशहरुबीच कहाँ मिलेन कुरा ? अब के हुन्छ ?


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने विषयमा दुई न्यायाधीशबीच मत बाझिएको छ । उच्च अदालतका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा रहेको उक्त मुद्दामा न्यायाधीश पाण्डेले खाँणलाई धरौटीमा रिहा गर्नुपर्ने राय राखेपनि अर्का न्यायाधीश खरेलले असहमती जनाएपछि निर्णय हुन नसकेको हो ।

फैसलामा न्यायाधीश पाण्डेले खाँणविरुद्ध किटानी जाहेरी नपरेको, आफ्नो कसुरमा इन्कार रहेको, सहप्रतिवादीहरुले पनि कसुरमा संलग्न रहेको भनी पोल नगरेको र मिसिल संलग्न अन्य प्रमाणबाट पनि खाँणलाई थुनामा राख्ने आधार कारण र अवस्था नरहेको उल्लेख गरेका थिए । न्यायाधीश पाण्डेले खाँणलाई थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बेरितको देखिँदा बदर गरिएको र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७१ बमोजिम ३० लाख धरौटीमा छाड्नुपर्ने राय पेश गरेका थिए ।

तर, अर्का न्यायाधीश खरेलले भने पाण्डेको आदेश रायसँग असहमति राख्दै प्रतिवादीहरु टेकनारायण पाण्डे र केशव दुलालबीचको मोबाइल सन्देश, अर्का प्रतिवादी नरेन्द्र केसीबाट बरामद भएको कागज, प्रतिवादी आङटावा शेर्पाको घटना विवरण कागज र प्रतिवादी पाण्डेले दिएको बयानका आधारमा खाँण अभियोग दाबी कसुरमा अहिले नै निर्दोष रहेछन् भनी विश्वास गर्न मिल्ने आधार नदेखिएको राय प्रस्तुत गरेका छन् । यससँगै खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने न्यायाधीश पाण्डेको रायसँग न्यायाधीश खरेलले असहमति जनाएका हुन् ।

अब खाँणको हकमा उच्च अदालत नियमावली २०७३ को नियम १२ बमोजिम तेस्रो न्यायाधीशसमक्ष पेश हुने पाटन उच्च अदालतले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ५ : ३५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र