समर्थक र शुभेच्छुक भेट्न रवि लामिछानेसहित रास्वपाका दुई नेता विदेश जाँदै « Khabarhub

समर्थक र शुभेच्छुक भेट्न रवि लामिछानेसहित रास्वपाका दुई नेता विदेश जाँदै

मंसिर १६ देखि २८ सम्मको भ्रमणमा सहमहामन्त्री बुर्लाकोटी र सहकोषाध्यक्ष बोहोरा पनि सहभागी


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार (भोलि) देखि विभिन्न देशको भ्रमणमा जाने भएका छन् ।

उनी शनिबार राति १० बजे मलेसिया जाने कार्यक्रम छ । उनी त्यहाँ २१ गतेसम्म रहने बताइएको छ । त्यसपछि उनी २१ गतेदेखि २३ गतेसम्म कतारमा रहनेछन् । कतारपछि २४ गतेबाट २८ गतेसम्म बेलायतको भ्रमणमा रहने प्रवासी नेपाली सम्पर्क विभाग प्रमुख तथा पार्टीका उपसभापति डोलप्रसाद अर्यालले खबरबलाई बताए ।

लामिछानेसँग रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दिपक बोहोरा पनि सहभागी हुनेछन् ।

निर्वाचन जितेपछि नै उनी बाहिर जाने तयारी थियो । तर, नागरिकताका विषयमा उत्पन्न विवादका कारण उनको विदेश भ्रमण रद्द भएको थियो । त्यसपछि चितवन २ मा भएको उपनिर्वाचनमा भाग लिनुपर्ने भएकाले उनी जान भ्याएका थिएनन् ।

अर्यालले भने, ‘सभापतिज्यूले विदेशमा रहेका नेपालीहरूसँग भेटेर धन्यवाद व्यक्त गर्ने कार्यक्रम छ । त्यसपछि हामीलाई माया गरेर विदेशमा बसेका नेपालीहरूको सल्लाह लिनुहुनेछ ।’

रविको सचिवालयका अनुसार उनले विभिन्न देशका राजनीतिज्ञ तथा पार्टी र सरकारका व्यक्तिहरुलाई भेटेर अनुभव लिने तथा छलफल गर्ने समेत कार्यक्रम छ । तर, कुन देशको कोसँग कति बेला भेट्ने भन्ने कुराको समय निर्धारण भएको छैन ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : ४० बजे

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम– धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५

बाढी पीडितका लागि एक करोड ७१ लाख सहयोग

पाल्पा– भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न