ज्योति विकास बैंकका ग्राहकले ‘सी फूड’ मा २७ प्रतिशतसम्म छुट पाउने « Khabarhub

ज्योति विकास बैंकका ग्राहकले ‘सी फूड’ मा २७ प्रतिशतसम्म छुट पाउने


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ज्योति विकास बैंकले ग्राहकवर्गलाई ‘सी फूड’ मा २७ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । बैंकले ग्राहकवर्गलाई ‘सी फूड’ बाट माछा मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्मको छुट प्रदान सम्बन्धी सम्झौता गरेको हो ।

बैंकले काठमाडौंको डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससँग गरेको सम्झौता अनुसार ग्राहकहरुले उक्त छुट पाउनेछन् । सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सका तर्फबाट सी फुडका सञ्चालक प्रिती गुरुङ खड्गीले हस्ताक्षर गरे ।

ज्योति विकास बैंकका ग्राहकले सी फुडका खाद्यसामग्रीहरु खरिद गर्दा बैंकको मोवाइल बैंकिङ, चेक बुक तथा कार्डबाट विल भुक्तानी गरे छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसँग निरन्तर रुपमा सहकार्य गर्दै ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस बैंकले नागरिकको सर्वोत्तम हितलाई सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ८ : ०६ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने