वतावरण संरक्षणको बहानामा चीन तिब्बतमा पकड मजबुत बनाउँदै « Khabarhub

वतावरण संरक्षणको बहानामा चीन तिब्बतमा पकड मजबुत बनाउँदै


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वतावरण संरक्षणका नाममा चीनले तिब्बतमा आफ्नो पकड मजबुत बनाउँदै लगेको पाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टी सीसीपीले ‘अति उच्च पर्यावरणीय पुनर्वास’ कार्यक्रमका नाममा तिब्बतीहरुलाई अर्कै स्थानमा पुनर्वास गराएर तिब्बतमा आफ्नो पकड मजबुत बनाएको हो ।

सीसीपीले सन् २०१८ मा यस कार्यक्रम अघि सारेको थियो । हुन पनि सन् २००० को सुरुवात देखि नै चीनले तिब्बत र छिमेकी प्रान्तका फिरन्ते बासिन्दाहरुलाई जबरजस्ती पुनर्वास गर्दै आइरहेको छ । यसरी पुनर्वास गरिएका तिब्बतीहरुको सङ्ख्या २० लाखसम्म रहेको जानकारहरु बताउँछन् ।

गरिबी उन्मूलन र वातावरणीय चिन्ताका नाममा तिब्बतीहरुलाई अर्कै स्थानमा पुनर्वास गरिएपनि वास्तवमा सीसीपीको मुख्य उद्देश्य भने सो क्षेत्रमा आफ्नो पकड मजबुत बनाउनु रहेको बताइएको छ । सहरमा बसोबास गर्ने र फिरन्तु जीवन बिताउने तिब्बतीबीच आम्दानीको ठूलो खाडल रहेको भन्दै चीनले गरिबी निवारणका नाममा पुनर्वास कार्यक्रम अघि सारेको हो ।

तर, गुणस्तरीय शिक्षा, राम्रो स्वास्थ्य सेवाको बाचा गरिएपनि यसरी पुनर्वास गराइएको तिब्बतीले बाचाअनुसारको सेवा भने पाउन सकेका छैनन् ।

स्रोत- ९ ड्यास लाइन

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १२ : २४ बजे

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर